Sunday, March 31, 2013
Saturday, March 30, 2013
बिरोध सुबेधि को एक गजल

हिजो हाँस्दा सँगइ थियौ रुदा आज छुटाइदियो
किन होला नियतिले सम्बन्ध यो टुटाइदियो
अस्ती सँगै बुनेको कती सुन्दर सपना थियो
कुन पापिको आँखा पर्यो कस्ले हो त्यो फुटाइदियो
सँगै हुँदा खुशी हामी कती धेरै हुने गर्थ्यौ
अमुल्य त्यो मुस्कान तिम्रो कस्ले हो लुटाइदियो
मन मन्दिरमा सजाकोछु भन्थ्यौ तिम्रो तस्बिर
मन को कुनाबाट त्यो तस्बिर कस्ले हटाइदियो
कती विश्वाश र प्रेम गर्थ्यो यो बिरोधले तिमीलाई
धोका भन्ने गलत प्रमाण कस्ले जुटाइदियो
किन होला नियतिले सम्बन्ध यो टुटाइदियो
अस्ती सँगै बुनेको कती सुन्दर सपना थियो
कुन पापिको आँखा पर्यो कस्ले हो त्यो फुटाइदियो
सँगै हुँदा खुशी हामी कती धेरै हुने गर्थ्यौ
अमुल्य त्यो मुस्कान तिम्रो कस्ले हो लुटाइदियो
मन मन्दिरमा सजाकोछु भन्थ्यौ तिम्रो तस्बिर
मन को कुनाबाट त्यो तस्बिर कस्ले हटाइदियो
कती विश्वाश र प्रेम गर्थ्यो यो बिरोधले तिमीलाई
धोका भन्ने गलत प्रमाण कस्ले जुटाइदियो
न्यौपाने कान्छा शोभाखर को एक गजल
गए पनि अन्त तिमि भुल्ने छैन म त
यसै मर्छु काडा संग फुल्ने छैन म त//
केहि हुन्न कहानी त्यो सबैलाई भनी
गाऊ भरि राम्रो बन्दै खुल्ने छैन म त /////
...
जिबन चल्न गार्हो हुन्छ समाजले भन्दा
पानी माथि चिनी बनि घुल्ने छैन म त //
प्राण जस्तो मान्दा पनि धोका दियौ तिम्ले /
माया जोडी अन्त कतै डुल्ने छैन म त ///
न्यौपाने कान्छा शोभाखर
पर्बत
यसै मर्छु काडा संग फुल्ने छैन म त//
केहि हुन्न कहानी त्यो सबैलाई भनी
गाऊ भरि राम्रो बन्दै खुल्ने छैन म त /////
...
जिबन चल्न गार्हो हुन्छ समाजले भन्दा
पानी माथि चिनी बनि घुल्ने छैन म त //
प्राण जस्तो मान्दा पनि धोका दियौ तिम्ले /
माया जोडी अन्त कतै डुल्ने छैन म त ///
न्यौपाने कान्छा शोभाखर
पर्बत
आनन्दराम पौडेल को एक कविता

अर्को भागको जीवन
-आनन्दराम पौडेल anandarampaudel@yahoo.com
शदीयौंदेखि
यो एकलौटी हकभोगको
... चलनचल्ति भित्र
प्रत्येक कदम र घटनामा
सधैं मैमात्र मरेको छु
अड्डाका फाँट-फाँटमा लेखिने
प्रत्येक टिप्पणिमा
अदालतका फैसलाहरुमा
पुलिसका डण्डामा
तथा कानुन र नीतिनिर्माणमा
सधैं मैमात्र मरेको छु।
कीर्तिपुरमा काटिएका नाक मेरै थिए
भीम मल्ल र भीमदत्त काटिंदा
भीमसेन थापा सेरींदा
र प्रत्येक आन्दोलनमा
मेरै रगत बगेका थिए
गाउँघरका तमसुकदेखि
शासकीय दस्तावेजहरुमा
अक्षर-अक्षरमा
म शहीद भएको छु
सबै ठूलावडाका भारले
सधैं म थिचिएको छु
सबै ठूला महलको जगमा
सधैं म पुरिएको छु।
हे नेपाल आमा !
शदीयौंदेखि म
आफ्नै देशभित्र
अर्को भागको जीवन बाँचिरहेछु
आफ्नै पुर्ख्यौली घरमा
सुकुम्बासी जीवन वाँचिरहेको छु।।
हेटौंडा-११, नवलपुर
न्यौपाने कान्छा शोभाखर को एक गजल
खोटो रैछ भाग्य मेरो लेख्दा खेरि छलेछ कि
त्यति बेला दैब को नै राज मात्र चलेछ कि //
नत्र भने तल माथि हुन्थे होला पक्का केहि
... दैब संग डराएर भाग्य लेख्ने ढलेछ कि ///
न त मैले लेख्ने अब न त उस्ले लेखो पहिले
भाग्ये लेख्ने पाना हरु आगो माथि जलेछ कि //
कति दुख आई लागो आसुको नै ताल बन्यो
मेरो भाग्य माथि सबै पिडा हरु मलेछ कि
सत्य नास भाको रैछ केहि पनि छैन यता //
सुन्दर त्यो बोट माथि अईजरु फलेछ कि ///
न्यौपाने कान्छा शोभाखर
पर्बत
त्यति बेला दैब को नै राज मात्र चलेछ कि //
नत्र भने तल माथि हुन्थे होला पक्का केहि
... दैब संग डराएर भाग्य लेख्ने ढलेछ कि ///
न त मैले लेख्ने अब न त उस्ले लेखो पहिले
भाग्ये लेख्ने पाना हरु आगो माथि जलेछ कि //
कति दुख आई लागो आसुको नै ताल बन्यो
मेरो भाग्य माथि सबै पिडा हरु मलेछ कि
सत्य नास भाको रैछ केहि पनि छैन यता //
सुन्दर त्यो बोट माथि अईजरु फलेछ कि ///
न्यौपाने कान्छा शोभाखर
पर्बत
प्रजित कुमार को एक गजल

दैवले चुटेपछी गजल लेख्न थाले
वेदना जुटेपछी गजल लेख्न थाले
मायाको जात केहो मनमा अनेक
प्रसँग उठेपछी गजल लेख्न थाले
...
आत्मा देखी चाहेर लाएको चोखो
पिरती छुटेपछी गजल लेख्न थाले
सिउदो भरी उनको आफ्नो बनाउने
सपना टुटेपछी गजल लेख्न थाले
बल्झिएर अतित हरपल उनको
यादले कुटेपछी गजल लेख्न थाले
प्रजित कुवँर थुमपोखरा 8 स्याङ्ग्जा बाँयखोला सिख्रे
वेदना जुटेपछी गजल लेख्न थाले
मायाको जात केहो मनमा अनेक
प्रसँग उठेपछी गजल लेख्न थाले
...
आत्मा देखी चाहेर लाएको चोखो
पिरती छुटेपछी गजल लेख्न थाले
सिउदो भरी उनको आफ्नो बनाउने
सपना टुटेपछी गजल लेख्न थाले
बल्झिएर अतित हरपल उनको
यादले कुटेपछी गजल लेख्न थाले
प्रजित कुवँर थुमपोखरा 8 स्याङ्ग्जा बाँयखोला सिख्रे
Friday, March 29, 2013
जय भाबुक को एक मुक्तक
कोहि जीवन देखि हारेर जान्छन!
कोहि यहॉ जालमा पारेर जान्छन!
कति निस्ठुरी हुदोरैछ मन कसैको,
मन मुटू जीउदैमा मारेर जान्छन!
जयराम बि क {जयॉ भॉवुक}
धधवार ७ बर्दिया
हाल मलेसिया जोहोर,,,
कोहि यहॉ जालमा पारेर जान्छन!
कति निस्ठुरी हुदोरैछ मन कसैको,
मन मुटू जीउदैमा मारेर जान्छन!
जयराम बि क {जयॉ भॉवुक}
धधवार ७ बर्दिया
हाल मलेसिया जोहोर,,,
राजु काश्यप को एक गजल

॥ गजल ॥
: राजु काश्यप
सुखद् बनुन् प्रत्येक पल, यो नयाँ बर्षमा !
नहोस कसैलाई कतै छल, यो नयाँ बर्षमा !!
सफल बनोस जिन्दगी, हाँसो ओँठमा !
नबगोस कहीँ आँसुको भल, यो नयाँ बर्षमा !!
लागुन् काममा कर्मठ हात, नगरि घात !
बनुन् सबै कार्य सफल, यो नयाँ बर्षमा !!
होस धेरै प्रगति अझ, भाषा र साहित्यको !
लेखियौँ मिठा-मिठा गजल, यो नयाँ बर्षमा !!
शुभकामना छ मेरो, ती तरुण जिवनलाई !
देशको बिकाशमा गरुन् जलमल, यो नयाँ बर्षमा !!
॰शदिया, असम, भारत ।
razoo.kashyap@gmail.com
: राजु काश्यप
सुखद् बनुन् प्रत्येक पल, यो नयाँ बर्षमा !
नहोस कसैलाई कतै छल, यो नयाँ बर्षमा !!
सफल बनोस जिन्दगी, हाँसो ओँठमा !
नबगोस कहीँ आँसुको भल, यो नयाँ बर्षमा !!
लागुन् काममा कर्मठ हात, नगरि घात !
बनुन् सबै कार्य सफल, यो नयाँ बर्षमा !!
होस धेरै प्रगति अझ, भाषा र साहित्यको !
लेखियौँ मिठा-मिठा गजल, यो नयाँ बर्षमा !!
शुभकामना छ मेरो, ती तरुण जिवनलाई !
देशको बिकाशमा गरुन् जलमल, यो नयाँ बर्षमा !!
॰शदिया, असम, भारत ।
razoo.kashyap@gmail.com
Subscribe to:
Posts (Atom)




