
Tuesday, April 30, 2013
Monday, April 29, 2013
मानन्धर अभागी को एक गजल

गजल ~~~~~~~~~~
पल पल दुखेर नै , आमाको छाती पोल्दो हो
जानु कहिले – कहिले , नारायण भनी बोल्दो हो
ठूलो भाग खानलाई , कत्ति हतारिएको हो
अर्केले खाइदेला भनी , भित्र – भित्रै जल्दो हो
आफूलाई जन्म दिने , आफैलाई भार भएछ
पन्छाउन नपाएर , मन साह्रै गल्दो हो
भित्रै देखि खुसी हुँदै , दिउँसै सपना देख्न थाल्छ
म¥यो भनेको बिउँझिदा , स्वयं आफै ढल्दो हो
बढी भाको आमाको काख , त्यो काख राख भएन
गिद्धले सिनो कुर्दा – कुर्दा , थाकेर नै चल्दो हो ।
– © मानन्धर अभागी ।
Saturday, April 27, 2013
मानन्धर अभागी को एक गजल

गजल ~~~~~~~~~
मृग ओरालो लाग्दैछ , खेदो गरेको गर्दैछ
पोल्दै गरेको घाउमा , नुन खोर्सानी छर्दैछ
किन आफ्नै छायाँ देखि , आफै डराई रहेछ
ऋतुमतीझैं माईलो , खै परपर सर्दैछ
प्रतिद्घन्द सकूनीसँग , कस्तो चाल चलेछ
गलत चाल चालेर , धर्म संकटमा पर्दैछ
नचाल्नु चाल चालिगयो , सर्वस्व नै हरी गयो
भाकल गर्दै पूजा गर्दै , दिन – दशाहरू टर्दैछ
शिरको टोपी ढलेर , आज आफै माथ भयो
सँधैको अपराजित , आफ्नै सेनाबाट मर्दैछ
जति भएका चउरीमा , अरु नै चर्न थालेछ
क्षित्तिपाल भएर नि , कोमल हातमा चर्दैछ ।
– © मानन्धर अभागी ।
Friday, April 26, 2013
राम प्रसाद पान्डेय को एक गजल

गजल
तिमीलाई रुवाएर हाँस्न खोज्या छैन प्रिय
तिम्रो खुशी हडपेर माँस्न खोज्या हैन प्रिय।।
अजम्बरी हाम्रो मायाँ अमर रहोस् सदा सदा
मैले कही अन्तै माया गाँस्न खोज्या छैन प्रिय ।।
जुगौ जुग साथ दिने भन्ने हाम्रो बाचा कसम
तिमि हिड्ने बाटो मैले भाँस्न खोज्या हैन प्रिय ।।
एकै पल नि टाढा हुदा दुखे जस्तो लाग्छ मुटू
तिम्रो च्याती अर्को तस्विर टाँस्न खोज्या छैन प्रिय।।
तिमीलाई रुवाएर हाँस्न खोज्या छैन प्रिय
तिम्रो खुशी हडपेर माँस्न खोज्या हैन प्रिय।।
राम प्रसाद पान्डेय
तम्घास गुल्मी
Thursday, April 25, 2013
तोया नाथ पौडेल को एक गजल
धेरै पछी छुट्टी जाँदा सुन्तली लाई उस्तै भेटें
जम्दार बा काँ बसेको हली लाई उस्तै भेटें
काजी सा'ब र हुक्काको नली लाई उस्तै भेटें
चोक चोक मा घुमी रा'थे मुन्द्रे जगल्टे
चुरोट सँगै गाँजा तान्ने अम्मली लाई उस्तै भेटें
बाँच्न पाउने अधिकार पशुको नि हुन्छ
मृग खोजी सिकार गर्ने जँगली लाई उस्तै भेटें
नयाँ नेपाल बन्यो भन्थे ठुला ठालु ले
उस्तै रैछ खाँद्बारी मन्थली लाई उस्तै भेटें
तोया नाथ पौडेल
सँखुवा सभा तामाफोक-८
हाल मरुभुमी को छाती बाट
मानन्धर अभागी को एक गजल
मुनाको पछि पछि , पाउन आज धाइरहे
विरक्तिएर गीत , मदन आज गाइरहे
खोटो त्यो अभागीलाई , अभिशाप भएछ रे
मुनालाई सम्झेर , एक्लै आज विताइरहे
एक्लो जीवनमा , जिन्दगी नै निराश भएछ
मुनासँग छुट्नु पर्दा , आफै छाती पिटाइरहे
मुटुको टुक्रा चुँडाइ लगे , छिया – छिया भो रे
उनैलाई सम्झेर , अश्रुधारा बगाइरहे
मुना विनाको जिन्दगी , विरानो – विरानो भएछ
नदीको धारसँगै , टोलाएर सुसाइरहे ।
– © मानन्धर अभागी ।
–डि.वि. संघार को एक कविता

कविता – म को हुँ ?
आफूलाई व्यङ्ग्यको पात्र बनाइरहेका
परम पूज्य मातापिताका आकाँक्ष भित्र
मकैका सेता फूला जस्ता
उज्जल र आसालाग्दा सपनाहरुका
अमुर्त यि प्रमाण पत्रहरुको मालिक भनिने
म को हुँ ?
प्रमाण पत्रहरुको छायाँ प्रतिहरुको
अग्लो चिराग बोकेर
अन्धकार रातजस्तो यो खडेरीको शहरमा
रोजगरीको गोला झोँस्दा
राजनितीबाद भित्र नातावादका टर्रो गन्धले
बौलाएर हनहनाइरहेको
बेरोजगारीको हरीङ्गालले
डसेर घायल यो तन
डसाइको पिडाले चोच्चाइरहेको मन
झरना जस्तै गिरी रहेका मातापिताका आकाँक्षा
र यो धर्ति जस्तै विवश जिन्दगी
लर्तान नसक्ने, म को हुँ ?
छाडेको घर जस्तै उजाडिएका भावना
र मैलाइरहेका अनावस्यक डररुपी झारभित्र
मात्रिभुमिको स्नेही चितामा जलेर
भट्कीएको आफ्नै प्राण
मात्रिभुमि हेर्दाहेर्दै बाटो छेकिदिने आसु
बाँचे फर्कने अभिलासामा
हातमा राहाधानि बोकेर
आफ्नो पवित्र जिन्दगीलाई जौँ, तिल मानि
विदेशि रोजगारीको होमखाडिमा प्याँक्न
अनन्त नदि झैँ लामो लाइनमा छिरेको
म को हुँ ?
–डि.वि. संघार
Wednesday, April 24, 2013
मुक्तक सरोवर डाउनलोड

नेपाली मुक्तक विधाको एक कार्यक्रम
कार्यक्रम :- मुक्तक सरोबर
स्टेशन :- रेडियो देभदह १०६.६ mhz
प्रस्तोता :- युबराज लामिछाने प्रदिप
कार्यक्रम :- मुक्तक सरोबर
स्टेशन :- रेडियो देभदह १०६.६ mhz
प्रस्तोता :- युबराज लामिछाने प्रदिप
डाउनलोड :- यहाँ क्लिक गर्नुहोस
'युवराज लामीछाने प्रदिप' का केही मुक्तक हरु

1
मलाई धेरै हाँसेको मन पर्दैन
कामहरु साँचेको मन पर्दैन
गाँउघर तिर भन्छ्न कसैले
पोथी बाँसेको मन पर्दैन
2
तिमीलाई आफ्नो ठान्नु गल्ती भयो
विश्ळाशको पात्र मान्नु गल्ती भयो
आज बिचल्ली पारेर गयौ तिमी
हजारौँमा तिमलाई छान्नु गल्ती भयो
3
सोध्दै छु ताराहरुलाई
पढ्दै छु बुद्धका नाराहरुलाई
कहिले गर्छ यो सरकारले कारबाही
पत्रकारका हत्याराहरुलाई।
4
जिन्दगीको एउटा छुट्टै संसार बनाउँदै छु
मनका बहहरु पोख्ने सञ्चार बनाउँदै छु
पर्खि बस मेरी प्रिया लिन आउँछु छिट्टै
तिमी र म सँगै बस्ने धन्सार बनाउँदै छु
युबराज लामिछाने 'प्रदिप'
रापकोट-2,स्याङ्ग्जा
हाल=देबदह-3,खैरेनी रुपन्देहि
मो.-9849623104
मलाई धेरै हाँसेको मन पर्दैन
कामहरु साँचेको मन पर्दैन
गाँउघर तिर भन्छ्न कसैले
पोथी बाँसेको मन पर्दैन
2
तिमीलाई आफ्नो ठान्नु गल्ती भयो
विश्ळाशको पात्र मान्नु गल्ती भयो
आज बिचल्ली पारेर गयौ तिमी
हजारौँमा तिमलाई छान्नु गल्ती भयो
3
सोध्दै छु ताराहरुलाई
पढ्दै छु बुद्धका नाराहरुलाई
कहिले गर्छ यो सरकारले कारबाही
पत्रकारका हत्याराहरुलाई।
4
जिन्दगीको एउटा छुट्टै संसार बनाउँदै छु
मनका बहहरु पोख्ने सञ्चार बनाउँदै छु
पर्खि बस मेरी प्रिया लिन आउँछु छिट्टै
तिमी र म सँगै बस्ने धन्सार बनाउँदै छु
युबराज लामिछाने 'प्रदिप'
रापकोट-2,स्याङ्ग्जा
हाल=देबदह-3,खैरेनी रुपन्देहि
मो.-9849623104
रकआईरन गनेश को एक गीत
गीतगए जाउ अर्को आउँछ जवानी छ साथी
झुटो मायाँ दिनु भन्दा नदिएकै जाती
चोखो मायाँ गर्दा गर्दै भुली जाने लाई
यता हुर्की उतै तिर फुली जाने लाई
पर्दैन आउनु अझै सपिनामा राती
झुटो मायाँ दिनु भन्दा नदिएकै जाती
रित हो की चलन तिम्रो बुझ्न सकिन
बिना बादल आँशुमा म रुझ्न सकिन
तलै बस्छु म तिमी जानु माथी
झुटो मायाँ दिनु भन्दा नदिएकै जाती
गए जाउ अर्को आउँछ जवानी छ साथी
झुटो मायाँ दिनु भन्दा नदिएकै जाती
पोस्टराज चापागाईं को एक गजल

१४९औं नयाँ छन्द....! छन्द - मिथिला (विदेह देशको राजधानी, जनकपुर )....!!
तँ मलाई एक शब्द दे म तँलाई कविता दिन्छु...
जसरी दे एक बूँद दे ! म तँलाई सरिता दिन्छु...
म जमेको पोखरी भएँ कण उड्ला जब हावामा
हिमगिरी पुग्न मात्र दे झरनाको रमिता दिन्छु...
म बाँझो हूँ एक नम्बरी अब जोती मल राख्छु मै
गुणकारी बीज मात्र दे ! म तँलाई पपिता दिन्छु...
तलासी हो राष्ट्रभक्तको जसमा होस् खुन नेपाली
तँ मलाई भ्रूण मात्र दे ! म तँलाई वनिता दिन्छु...
कति बुद्धू छस् तँ हे खुदा ! र त मेरो दिल बुझ्दैनस्...
बरु आफ्नै ‘राज’ बाल्छु मै तँ धुनी दे म चिता दिन्छु...
छन्द – मिथिला (जनकपुर)
llS SSl SlS llS Sll SSS
स त र स भ म
(४, ९ र १३ अक्षरमा विश्राम)
लक्षण –
‘सतरासाभाम’ चार नौ अनि तेरौं अक्षरमा रोक्ने
‘मिथिला’ यो छन्दमा गुदी छ रसीलो हजुरले बोक्ने
Monday, April 22, 2013
मानन्धर अभागी को एक गजल

~ गजल ~~~~~~~~
नारीका आवाजहरू , गाउँ – गाँउमा छ
निर्दोष नारीलाई , पछार्ने दाउमा छ
चुलो बाली छाक टार्न , पसिना बगाउँदै
जिन्दगी खियाउने क्रममा नाउमा छ
आराम कहिल्यै हुन्न , ती विचरी नारीको
फुटेको शिर आज , श्रीमानको पाउमा छ
डुङ्गा त खियायो – खियायो , जिन्दगी नै खियायो
एउटी नारीको मूल्य , सस्तो भाउमा छ
विहान देखि बेलुकासम्म , दासी रुपी जिन्दगी
कर्जा तिर्न नसकी , बन्धकी साहुमा छ ।
– © मानन्धर अभागी ।
Sunday, April 21, 2013
गजलको सत्तरीको दशक -बाबु त्रिपाठी
गजलको सत्तरीको दशक
परम्परागत शैलीभन्दा माथि उठेर गजल लेख्नेहरू अत्यधित भैसकेका छन्, । यस्तो शैलीलाई पछ्याउँदै गजल लेख्नेहरू नेपालमा मात्र नभएर नेपाल बाहिर रहेका गजलकारहरूको गजल पढेर पनि छनक पाउन सकिन्छ । यसरी गजल लेख्नेहरूमा शिशिर भट्टराई (इलाम) बिज्ञान कँडेल (बागलुङ) मानिस (बर्दिया), ललित सादा (कैलाली) बिबेक विषालु (कैलाली) दीर्गराज गिरी (कैलाली) समर प्रकाश (रुपन्देही) डुम्रेली कान्छा (उदयपुर) हुकुम ठीमा धड्कन (बाँके) हेमप्रकाश मञ्जिल (बाँके) पहल असिम थापा (अछाम) कृष्ण बिरही जलन (अछाम) जीवन सरोबर (अछाम) हिमाल उदासी (अछाम) विद्या निर्दोश पहाडि (अछाम) बालु पिडीत (सुर्खेत) डम्बर बिसी (बर्दिया) पर्वत ढकाल (बर्दिया) अञ्जु स्मारिका (बर्दिया) गोल्डेन उद्भास (बर्दिया) अञ्जली मल्ल (बर्दिया) सीता श्रेष्ठ (सिन्धुली) मुक्त उदास (चितवन) संगीता थापा (मकवानपुर) कमला आँसु (इलाम) निश्चल परदेशी (काभ्रे) विपिन पाठक (चितवन) हरिमाया पराजुली (कास्की) सुभाष मल्ल (कास्की) प्रेमिल पौडेल (कास्की) सुमन लम्साल (कास्की) राजीव रिमाल (कास्की) सुमी प्रकृति (गोरखा) क्षितिज समपर्ण (जाजरकोट) खगेन्द्र साउद समर्पण, मोहन रावल अनमोल अस्तु (अछाम) एकेन्द्र खड्का (अछाम) बासुदेव गौतम आश्रित (सुर्खेत) गिरिजा गैरे (नवलपरासी) निर्मला स्नेही (धादिङ) जनक घिमिरे, रामशरण श्रेष्ठ (रामेछाप) लगायतका अरु थुप्रै गजलकारहरू देखा परिसकेका छन्, । जसले सत्तरीको दशकको आधुनिक नेपाली गजलको राजमार्गलाई अझै फराकिलो बनाइ दिने छन् । यि गजलकारहरू मध्ये साठीको दशकमै विज्ञान कँडेलको देश हिँडिरहन्छ म हिँडिरहन्छु र निश्चल परदेशीको परदेशी गजलसङ्ग्रह आइसकेको छ, भने समर प्रकाशको पर्खाल गजलसङ्ग्रह, खगेन्द्र साउद समर्पण आवरण प्रकाशनको तयारीमा छ ।
स्रोत:- बाबु त्रिपाठी
परम्परागत शैलीभन्दा माथि उठेर गजल लेख्नेहरू अत्यधित भैसकेका छन्, । यस्तो शैलीलाई पछ्याउँदै गजल लेख्नेहरू नेपालमा मात्र नभएर नेपाल बाहिर रहेका गजलकारहरूको गजल पढेर पनि छनक पाउन सकिन्छ । यसरी गजल लेख्नेहरूमा शिशिर भट्टराई (इलाम) बिज्ञान कँडेल (बागलुङ) मानिस (बर्दिया), ललित सादा (कैलाली) बिबेक विषालु (कैलाली) दीर्गराज गिरी (कैलाली) समर प्रकाश (रुपन्देही) डुम्रेली कान्छा (उदयपुर) हुकुम ठीमा धड्कन (बाँके) हेमप्रकाश मञ्जिल (बाँके) पहल असिम थापा (अछाम) कृष्ण बिरही जलन (अछाम) जीवन सरोबर (अछाम) हिमाल उदासी (अछाम) विद्या निर्दोश पहाडि (अछाम) बालु पिडीत (सुर्खेत) डम्बर बिसी (बर्दिया) पर्वत ढकाल (बर्दिया) अञ्जु स्मारिका (बर्दिया) गोल्डेन उद्भास (बर्दिया) अञ्जली मल्ल (बर्दिया) सीता श्रेष्ठ (सिन्धुली) मुक्त उदास (चितवन) संगीता थापा (मकवानपुर) कमला आँसु (इलाम) निश्चल परदेशी (काभ्रे) विपिन पाठक (चितवन) हरिमाया पराजुली (कास्की) सुभाष मल्ल (कास्की) प्रेमिल पौडेल (कास्की) सुमन लम्साल (कास्की) राजीव रिमाल (कास्की) सुमी प्रकृति (गोरखा) क्षितिज समपर्ण (जाजरकोट) खगेन्द्र साउद समर्पण, मोहन रावल अनमोल अस्तु (अछाम) एकेन्द्र खड्का (अछाम) बासुदेव गौतम आश्रित (सुर्खेत) गिरिजा गैरे (नवलपरासी) निर्मला स्नेही (धादिङ) जनक घिमिरे, रामशरण श्रेष्ठ (रामेछाप) लगायतका अरु थुप्रै गजलकारहरू देखा परिसकेका छन्, । जसले सत्तरीको दशकको आधुनिक नेपाली गजलको राजमार्गलाई अझै फराकिलो बनाइ दिने छन् । यि गजलकारहरू मध्ये साठीको दशकमै विज्ञान कँडेलको देश हिँडिरहन्छ म हिँडिरहन्छु र निश्चल परदेशीको परदेशी गजलसङ्ग्रह आइसकेको छ, भने समर प्रकाशको पर्खाल गजलसङ्ग्रह, खगेन्द्र साउद समर्पण आवरण प्रकाशनको तयारीमा छ ।
स्रोत:- बाबु त्रिपाठी
पोस्टराज चापागाईं को एक गजल "छन्द - आनामानी"

छन्द - आनामानी (यता न उताको)....!!
छोड्दा डेरै सार्दा रैछन् कसैकसैले...
कस्तो एक्लै पार्दा रैछन् कसैकसैले...
पैसा जस्तै पासा खेल्दोरहेछ बाचा
खेल्दा बाचा हार्दा रैछन् कसैकसैले...
नेपालीमै सम्झाएको थिएँ नबुझ्दा
बुझ्ने बातै टार्दा रैछन् कसैकसैले...
छाती जोती माया रोपें नठान पाक्यो
माया काँचै दार्दा रैछन् ! कसैकसैले...
छन्द – आनामानी (यता न उताको)
SSS SSS SSl SlS S
म म त र गु.
(४ र ८ अक्षरमा विश्राम)
लक्षण -
‘मामातार्गू’ आनाकानी भए सरी होस्
माया गर्दा ‘आनामानी’ भए भने होस्
छोड्दा डेरै सार्दा रैछन् कसैकसैले...
कस्तो एक्लै पार्दा रैछन् कसैकसैले...
पैसा जस्तै पासा खेल्दोरहेछ बाचा
खेल्दा बाचा हार्दा रैछन् कसैकसैले...
नेपालीमै सम्झाएको थिएँ नबुझ्दा
बुझ्ने बातै टार्दा रैछन् कसैकसैले...
छाती जोती माया रोपें नठान पाक्यो
माया काँचै दार्दा रैछन् ! कसैकसैले...
छन्द – आनामानी (यता न उताको)
SSS SSS SSl SlS S
म म त र गु.
(४ र ८ अक्षरमा विश्राम)
लक्षण -
‘मामातार्गू’ आनाकानी भए सरी होस्
माया गर्दा ‘आनामानी’ भए भने होस्
Friday, April 19, 2013
मानन्धर अभागी को एक गजल

~~~~~~ गजल ~~~~~~~~~~
लाज नभाको ढाँट्ने , ढाँटको राजनीति भयो
दरै रहेछ मुटु त् , आँटको राजनीति भयो
सुख र शान्ति पाईन्छ , भन्दै ललाइ – फकाइ
जनता माथि , अन्तर्घाटको राजनीति भयो
कानुन नभाको देश , आ – आफैमा मारकाट
कस्तो होला खै मुक्का र लातको राजनीति भयो
चर्का चर्की राजनीति , त्यो दिन एक – अर्कामा
सदन भित्र नै , हातपातको राजनीति भयो
एउटा कूर्चीको लागि , आफ्नो माटोलाई विर्सेर
विदेशी सित , साँठगाँठको राजनीति भयो ।
– © मानन्धर अभागी ।
रकआईरन गनेश को एक गीत

गीत :
बुढेसकालको भाग्य मेरो उकाली ओराली
छोरा नाती बिदेस तिर घर भयो खाली
तप्प तप्प मझेरीमा चुहिराछ छानो
केही छैन खानलाई रित्तो भयो मानो
पिर हेर्दै छिमिकीले पिट्न थाले ताली
छोरा नाती बिदेस तिर घर भयो खाली
गरौ भन्छु सकिदैन चल्न छोड्यो पाउ
कस्तो चोट लाग्यो मलाई दुखी राछ घाउ
बाँचेकै छु अझैपनि दु:ख पिडा संगाली
छोरा नाती बिदेस तिर घर भयो खाली
बुढेसकालको भाग्य मेरो उकाली ओराली
छोरा नाती बिदेस तिर घर भयो खाली!!
बुढेसकालको भाग्य मेरो उकाली ओराली
छोरा नाती बिदेस तिर घर भयो खाली
तप्प तप्प मझेरीमा चुहिराछ छानो
केही छैन खानलाई रित्तो भयो मानो
पिर हेर्दै छिमिकीले पिट्न थाले ताली
छोरा नाती बिदेस तिर घर भयो खाली
गरौ भन्छु सकिदैन चल्न छोड्यो पाउ
कस्तो चोट लाग्यो मलाई दुखी राछ घाउ
बाँचेकै छु अझैपनि दु:ख पिडा संगाली
छोरा नाती बिदेस तिर घर भयो खाली
बुढेसकालको भाग्य मेरो उकाली ओराली
छोरा नाती बिदेस तिर घर भयो खाली!!
Thursday, April 18, 2013
जयॉ भॉवुक को एक गजल
**गजल***
जस्तो कर्म त्येस्तै फल पॉउछ मान्छे/
राम्रो कार्य गर्नेको नाम छॉउछमान्छे/
मँ यस्तो मँ उस्तो भन्नै पर्दैन यहॉ,
जरुरी भयो भने ऊ आफै धॉउछ मान्छे/
केहि पाउन केहि गुमाउनु पर्छ अरे,
अनि विवश भई मायॉ लॉउछ मान्छे/
जव दुई मनका भॉवना साटिन्छन,
अनि मन मुटूूको नजिक ऑउछ मान्छे/
जव विछोडिनु पर्छ एक अर्कामा,
अनि विरहि मात्रै गित गॉउछ मान्छे/
जयराम वि.क.{जयॉ भॉवुक}
धधवार ७ बर्दिया
हाल मलेसिया जोहोर,,
राजन सेवारो को एक गजल
तिम्रो याद नआए को ,कुनै दिन छनै!!
तिम्रो सम्झाना मा नहराए को , कुनै दिनै छनै
लाग्छौ तिमि परि जस्ती ,चादनी जस्तो तिम्रो मुहार !!
तिम्रो बयान नगरे को ,कुनै दिन छनै !!
तिमीलाई देख्दा ,फूलले पनि इस्या गर्छ !!
पातले तिमीलाई नछोए को ,कुनै दिन छनै !!
चन्द्रमाजस्तो तिम्रो मुहार मा, बादल कहिले नछाओस!!
बतासले तिमीलाई नबोलाएको, कुनै दिन छनै !!
मेरी माया लाग्छ ,मलाई फुल जस्ती !!
हरेक सपनी मा नदेखेको रात, कुनै दिन छनै !!
राजन सेवारो
मोरंग : मधुमल्ला
हाल : बहराइन
तिम्रो सम्झाना मा नहराए को , कुनै दिनै छनै
लाग्छौ तिमि परि जस्ती ,चादनी जस्तो तिम्रो मुहार !!
तिम्रो बयान नगरे को ,कुनै दिन छनै !!
तिमीलाई देख्दा ,फूलले पनि इस्या गर्छ !!
पातले तिमीलाई नछोए को ,कुनै दिन छनै !!
चन्द्रमाजस्तो तिम्रो मुहार मा, बादल कहिले नछाओस!!
बतासले तिमीलाई नबोलाएको, कुनै दिन छनै !!
मेरी माया लाग्छ ,मलाई फुल जस्ती !!
हरेक सपनी मा नदेखेको रात, कुनै दिन छनै !!
राजन सेवारो
मोरंग : मधुमल्ला
हाल : बहराइन
Wednesday, April 17, 2013
Tuesday, April 16, 2013
भिम रसाईली को एक गजल

>>> गजल <<<
मीठा मीठा बातमा, भुलाएर मख्ख बनाई।
बास्ना बिनाको फुल, फुलाएर मख्ख बनाई।।
सोझो मान्छे हो नै होला, भनेर स्वप्ना बुने।
पीध खोक्रो मात्र शीर, चुलाएर मख्ख बनाई।।
स्वप्नाको स्वर्णिम संसार, देखाउछु भन्दै।
फगत उजाड बस्तिमा, डुलाएर मख्ख बनाई।।
चलेकै थ्यो जिन्दगी यो, बिधवी रुप भएनी।
ब्यर्थै उनले सप्तरंग, घुलाएर मख्ख बनाई।।
कयौ थिए "बेहोशी"को, मनभित्र बस्नेहरु।
माया रुपी चक्रब्युहमा, झुलाएर मख्ख बनाई।।
"बेहोशी" भिम रसाईली
केराबारी, मोरङ
हाल, बहराईन
Monday, April 15, 2013
Sunday, April 14, 2013
भिम रसाईली को नयाँ बर्ष बिसेष एक गजल

"बेहोशी" भिम रसाईली
>>> नवबर्ष बिशेष गजल <<<
भत्केको घर टाल्नु, पर्छ नवबर्ष सँगै।
शान्तीको दिप बाल्नु, पर्छ नवबर्ष सँगै।।
बिगतमा दु:ख सुख, जे जस्तो भए पनि।
नयाँ पाईला चाल्नु, पर्छ नवबर्ष सँगै।।
आपसका मनमुटाव, र दुस्मनी बिर्सेर।
मनका कुबिचार फाल्नु, पर्छ नवबर्ष सँगै
हत्या हिंसा आतंक, फैलाउने हरु लाई।
कठघरामा हाल्नु, पर्छ नवबर्ष सँगै।।
सभ्य र सुन्दर समाज, निर्माण गर्नलाई।
हामी युवाले नै थाल्नु, पर्छ नवबर्ष सँगै।।
केराबारी-मोरङ
हाल- बहराईन
Saturday, April 13, 2013
रकआईरन गनेश को एक गजल

गजल
नजर हरु झुकेको बेला नयाँ बर्ष आएछ
यो मन दुखेको बेला नयाँ बर्ष आएछ
खै कसरी मनाउ तिमी आफैं भनिदेउ
आफ्नै भाग्य फुटेको बेला नयाँ बर्ष आएछ
पराईको दैलोमा दिनरात पसिना बगाई
जिन्दगी नै सुम्पेको बेला नयाँ बर्ष आएछ
हो जतिखेरै रुन्छु म त्यो ईतिहाँस सम्झेर
रगतमा देश मुछेको बेला नयाँ बर्ष आएछ
भो अब म सक्दै सक्दीन समय सँग दौडिन
चिहानमा जीवन फुलेको बेला नयाँ वर्ष आएछ।
नजर हरु झुकेको बेला नयाँ बर्ष आएछ
यो मन दुखेको बेला नयाँ बर्ष आएछ
खै कसरी मनाउ तिमी आफैं भनिदेउ
आफ्नै भाग्य फुटेको बेला नयाँ बर्ष आएछ
पराईको दैलोमा दिनरात पसिना बगाई
जिन्दगी नै सुम्पेको बेला नयाँ बर्ष आएछ
हो जतिखेरै रुन्छु म त्यो ईतिहाँस सम्झेर
रगतमा देश मुछेको बेला नयाँ बर्ष आएछ
भो अब म सक्दै सक्दीन समय सँग दौडिन
चिहानमा जीवन फुलेको बेला नयाँ वर्ष आएछ।
राजु काश्यप को एक कविता
बिद्रोह गर्दिनौ किन ?
-राजु काश्यप
-राजु काश्यप
यहाँ हुन्छन हजारौँ हजार नारी समाधिकारका कुरा
बन्धन हो पुरषको
सोच्दी हौ तिमी अलङ्कार हो चुरा ।
बन्धन हो पुरषको
सोच्दी हौ तिमी अलङ्कार हो चुरा ।
म नडगमगाई शोषण गर्छु सधैँ तिमीलाई
तिमी फुस्रा भाषण छाँट्छौ आफुलाई पर्दा पछाडि लुकाई ।
तिमी फुस्रा भाषण छाँट्छौ आफुलाई पर्दा पछाडि लुकाई ।
तिमीले परपुरुषको हात समाए कतै
ठहरीन्छौ समाजमा बेश्या भनि
मैले बलात्कार गरेनी तिम्रै आँखा अगाडी
पुज्छन सबै सधैँ आदर्श पुरुष मानी ।
ठहरीन्छौ समाजमा बेश्या भनि
मैले बलात्कार गरेनी तिम्रै आँखा अगाडी
पुज्छन सबै सधैँ आदर्श पुरुष मानी ।
तिम्रो ईच्छा बिपरीत सयौँ चुम्बन लिन्छु
निर्धक्क तिम्रा बक्षस्थलमा हात डुलाई दिन्छु ।
तर तिमी सक्दिनौ गर्न बाधा समाजको डर मानी
म शोषण अत्याचार गर्दै जान्छु दासी नारी ठानी ।
निर्धक्क तिम्रा बक्षस्थलमा हात डुलाई दिन्छु ।
तर तिमी सक्दिनौ गर्न बाधा समाजको डर मानी
म शोषण अत्याचार गर्दै जान्छु दासी नारी ठानी ।
नारी हक अधिकारका कुरा गरेर मात्र हुन्न कहिलै
ब्यवहारमा पनि देखाउनु पर्छ तिमीले,
नत्र भने मेरो दासी नै रहने छौ हेप्पिएर जहिलै ।
ब्यवहारमा पनि देखाउनु पर्छ तिमीले,
नत्र भने मेरो दासी नै रहने छौ हेप्पिएर जहिलै ।
म त फुर्क्याई दिन्छु तिमीलाई देवीरुप भन्दै
तिमी शोषित बनी रहन्छौ मैले दिएका उपमा गन्दै ।
तिमी शोषित बनी रहन्छौ मैले दिएका उपमा गन्दै ।
म आफैँ छक्क पर्छु तिमी गर्दिनौ बिरोध किन?
म त घरमा स्वास्नी भए पनि
परस्त्रीमा हात लम्काउने लोग्ने मान्छे ...
आज उल्टै सोध्न मन लाग्यो तिमीलाई
हे नारी ! म बिरुद्ध बिद्रोह गर्दिनौ किन..??
म त घरमा स्वास्नी भए पनि
परस्त्रीमा हात लम्काउने लोग्ने मान्छे ...
आज उल्टै सोध्न मन लाग्यो तिमीलाई
हे नारी ! म बिरुद्ध बिद्रोह गर्दिनौ किन..??
राजु काश्यप को एक कविता

'एक व्यथा ! यो मुटुको'
हिजोसम्म तिमी मेरो सामु हुन्थ्यौ,
मेरा हरेक कुरा र कविताहरु सुन्थ्यौ,
मेरो हरेक पाइलामा छायाँ झैँ
साथ तिमी दिन्थ्यौ।
तर !!!
आज तिमी अर्कैको अँगालोमा,
उसैका कुरा सुन्दै हौली?
र म तड्पीँदै भौतारिन्छु यता-उता
हर कदममा तिम्रो कमीको आभास पाउँछु।
यो बिछोडिएको हृदय हर पल, हर क्षण
तिम्रै याद र सम्झनामा रोइरहन्छ,
र मेरा हर गीत, कवितामा हर दिन
तिम्रै सम्झना र बिछोडको तस्बिर झल्किन्छ।
थाहा छ मलाई-
अब तिमी कदापि मेरी हुने छैनौ
तर पनि यी दुई नयनले हर घडी
तिमीसंग मिलनको मधुर सपना देख्छन्॥
-राजु काश्यप
(भारतको उत्तर-पुर्वाञ्चलीय नवीन कविहरुको कविता संकलन 'अनुभवको साइनो'-मा प्रकाशित)
हिजोसम्म तिमी मेरो सामु हुन्थ्यौ,
मेरा हरेक कुरा र कविताहरु सुन्थ्यौ,
मेरो हरेक पाइलामा छायाँ झैँ
साथ तिमी दिन्थ्यौ।
तर !!!
आज तिमी अर्कैको अँगालोमा,
उसैका कुरा सुन्दै हौली?
र म तड्पीँदै भौतारिन्छु यता-उता
हर कदममा तिम्रो कमीको आभास पाउँछु।
यो बिछोडिएको हृदय हर पल, हर क्षण
तिम्रै याद र सम्झनामा रोइरहन्छ,
र मेरा हर गीत, कवितामा हर दिन
तिम्रै सम्झना र बिछोडको तस्बिर झल्किन्छ।
थाहा छ मलाई-
अब तिमी कदापि मेरी हुने छैनौ
तर पनि यी दुई नयनले हर घडी
तिमीसंग मिलनको मधुर सपना देख्छन्॥
-राजु काश्यप
(भारतको उत्तर-पुर्वाञ्चलीय नवीन कविहरुको कविता संकलन 'अनुभवको साइनो'-मा प्रकाशित)
Friday, April 12, 2013
राजु काश्यप को एक गजल

तिमीले साथ छोडे पछि जीन्दगी क्या बोर भो
पाइला अन्तै मोडे पछि जीन्दगी क्या बोर भो॥
एकान्तमा टोलाउँछु म चुरोटको धुँवासंगै
बाचा सारा तोडे पछि जीन्दगी क्या बोर भो॥
झझल्कोमा तिम्रो बित्ने गर्छन रात सधैँ
अर्कैको घुम्टो ओडे पछि जीन्दगी क्या बोर भो॥
हाँस्छु कहिले बोतलसंगै त रुन्छु कहिलेकाहीँ
नाता अन्तै जोडे पछि जीन्दगी क्या बोर भो॥
निर्दयी रैछ त्यो दिल बुझ्नै सकिन मैले
दिल यो फोडे पछि जीन्दगी क्या बोर भो॥
_________राजु काश्यप
पाइला अन्तै मोडे पछि जीन्दगी क्या बोर भो॥
एकान्तमा टोलाउँछु म चुरोटको धुँवासंगै
बाचा सारा तोडे पछि जीन्दगी क्या बोर भो॥
झझल्कोमा तिम्रो बित्ने गर्छन रात सधैँ
अर्कैको घुम्टो ओडे पछि जीन्दगी क्या बोर भो॥
हाँस्छु कहिले बोतलसंगै त रुन्छु कहिलेकाहीँ
नाता अन्तै जोडे पछि जीन्दगी क्या बोर भो॥
निर्दयी रैछ त्यो दिल बुझ्नै सकिन मैले
दिल यो फोडे पछि जीन्दगी क्या बोर भो॥
_________राजु काश्यप
Wednesday, April 10, 2013
Tuesday, April 9, 2013
जयॉ भॉवुक को एक गजल
गजल
साच्चै यो कस्तो जिन्दगानी अचम्म को/
मायॉ बस्यो अन्जानमै कहानी अचम्म को/
थाहॉ छैन खेल कस्को हो अन्धकार रात,
तप्प तप्प चुहिने त्यो सित विहॉनी अचम्म को/
पोथी कुखुराहरू तोर तोर्यॉए जस्तो साच्चै,
सोहोर अनि सत्र को त्यो जवॉनी अचम्म को/
कस्ले बुझ्न सक्छ होला यो चर्तिकला,
अनेक थरि आउछ नि यो सपनी अचम्म को/
जयराम वि.क.{जयॉ भॉवुक}
धधवार ७ बर्दिया
हाल मलेसिया जोहोर,,,,,
09/04/2013
Sunday, April 7, 2013
कर्नाली ब्लुज -बुद्धिसागर listen and download
कर्णाली ब्लुज ; बुद्धिसागर
बरिस्ठ लेखक बुद्धिसागर द्वारा लिखित उपन्यास कर्णाली ब्लुज अच्युत घिमिरेको आवाजमा डाउनलोड गरेर सुन्नुहोस।
01
Click Here To Download
02
Click Here To Download
03
Click Here To Download
04
Click Here To Download
05
Click Here To Download
06
Click Here To Download
07
Click Here To Download
08
Click Here To Download
09
Click Here To Download
10
Click Here To Download
11
Click Here To Download
12
Click Here To Download
13
Click Here To Download
14
Click Here To Download
15
Click Here To Download
16
Click Here To Download
17
Click Here To Download
18 last
Click Here To Download
अडियो स्रोत :- श्रुति संवेग ब्लग
Saturday, April 6, 2013
लघु उपन्यास "च्यात्न नसकेको चिट्ठी" - डाउनलोड गरेर सुन्नुहोस
लघु उपन्यास "च्यात्न नसकेको चिट्ठी" -
डा. दीपक खड्का द्वारा लिखित लघु उपन्यास "च्यात्न नसकेको चिट्ठी" डाउनलोड गरेर सुन्नुहोस तलको लिंक बाट अच्युत घिमिरे को आवाजमा
१
२
३
डा. दीपक खड्का द्वारा लिखित लघु उपन्यास "च्यात्न नसकेको चिट्ठी" डाउनलोड गरेर सुन्नुहोस तलको लिंक बाट अच्युत घिमिरे को आवाजमा
१
Click Here to Download
२
Click Here to Download
३
Click Here to Download
धन्यबात
अडियो श्रोत :- श्रुति संवेग
नबराज ज्ञवाली को एक गजल

गजल
गुलाब समाए केही होला भनेर।
पिरती लगाए केही होला भनेर॥
मायाको चिनो स्वरूप चिठी
लेखेर पठाए केही होला भनेर॥
यो चोखो मन दिए प्रियसी लाई
दिलमा सजाए केही होला भनेर॥
किनगर्नु तेरोमेरो दुई दिने चोलामा
हासेर हसाए केही होला भनेर॥
रात दिन नभनी दुख गरी भत्केको
घर बनाए केही होला भनेर॥
दुःखमा परेको रहेछ दैबले ठगी॥
उद्धार गराए केही होला भनेर॥
नबराज ज्ञवाली
छिस्ती बाग्लुङ्
२०९९-१२-१९
गुलाब समाए केही होला भनेर।
पिरती लगाए केही होला भनेर॥
मायाको चिनो स्वरूप चिठी
लेखेर पठाए केही होला भनेर॥
यो चोखो मन दिए प्रियसी लाई
दिलमा सजाए केही होला भनेर॥
किनगर्नु तेरोमेरो दुई दिने चोलामा
हासेर हसाए केही होला भनेर॥
रात दिन नभनी दुख गरी भत्केको
घर बनाए केही होला भनेर॥
दुःखमा परेको रहेछ दैबले ठगी॥
उद्धार गराए केही होला भनेर॥
नबराज ज्ञवाली
छिस्ती बाग्लुङ्
२०९९-१२-१९
Subscribe to:
Posts (Atom)



