Monday, July 15, 2013

कथा "फर्स्ट लभ" / डाउनलोड


 
कार्यक्रम : सब्द श्रवण
प्रस्तोता : घनश्याम पथिक
स्टेशन : पाथिभरा एफ एम झापा
विधा : कथा "फर्स्ट लभ"
लेखक : सुबिन भट्टराई
 



डाउनलोड को लागी यहाँ क्लिक्क गर्नु होला


सर्वअधिकार हाम्रो साहित्य यात्रा परिवार धन्यबात।

अन्तरबार्ता बिसेष {केशब भट्टराई } गजला / डाउनलोड



कार्यक्रम :- गजला
रेडियो :- पाथिभरा एफ एम ९३.६ mhz दमक झापा
प्रस्तोता :- घनश्याम पथिक
समय :- सुक्रबार रात ९:४० बजे

अन्तरबार्ता बिसेष {केशब भट्टराई }

 डाउनलोड को लागी यहाँ क्लिक्क गर्नु होला

 
 
सर्वधिकार हाम्रो साहित्य यात्रा परिवार 
धन्यबात।

Sunday, July 7, 2013

गजला २०७० ३ ३१ डाउनलोड



कार्यक्रम :- गजला
रेडियो :- पाथिभरा एफ एम ९३.६ mhz दमक झापा
प्रस्तोता :- घनश्याम पथिक
समय :- सुक्रबार रात ९:४० बजे

 



डाउनलोड को लागी यहाँ क्लिक्क गर्नु होला  


सर्वधिकार हाम्रो साहित्य यात्रा परिवार 
धन्यबात।

गजल रकआईरन

गजल
पिउनै पर्ने दबाब दिएर
ऊ मौन गई सराब दिएर

सबै प्रेमीहरु यसरीनै रुदाहुन
झुटो  प्रेमले तनाब दिएर

दैब पनी हेरी मात्र रहन्छ
वियोगी माथी अभाब दिएर

कती खुशी हुन्छे म पनी हेर्छु
मलाई आँशुको बहाब दिएर

२३ असार २०७०  जीलाई ७

Saturday, July 6, 2013

रकआईरन गनेश को एक गजल

गजल
जीवन पाल्न धेरै गारो छ।
पसिनामा नै मेरो चारो छ।।

बोलेन भनेर नरिसाउ है।
असार पन्द्र्को चटारो छ।।

नापछ्याउ गठालो हुँ अर्काको।
दुईटा  सास थाम्न सारो  छ।।

चाईदैन सहरिया मस्ती हरु।
यही कुट्टो कोदालो प्यारो छ।।

नभुल्याउ जवान बैश छरेर।
मुरी फलाउन हतारो छ।।

असार २२ २०७० / july 6 incheon

जयराम वि.क.(जयॉ भॉवुक) का दुई गजल

 
***गजल **
जुन र ताराको कुरा हुन्छ यहॉ!
मायॉलु पाराको कुरा हुन्छ यहॉ!

मनमुटु मिले पछि हामी दुवैको,
... संसार साराको कुरा हुनुछ यहॉ!

समाज र संस्कार दोषि भएपछि,
कर्म नै हाराको कुरा हुन्छ यहॉ!

मायॉमा ठुलो योगदान हुदोरैछ,
ज्यान नै माराको कुरा हुन्छ यहॉ!

मानवमा पनि कस्तो घृण सोच,
पानीको धाराको कुरा हुन्छ यहॉ!

समानता गर्नु पर्छ भन्दै नेताहरु,
भॉषण मा नाराको कुरा हुनुछ यहॉ!
 
 
*******गजल *********
छैन जोस जागर फुर्तिका कुरा गर्छन!
नेताहरुसबै यहॉ कुर्सिका कुरा गर्छन!

फाईदा कसैलाई पनि गर्दैन त्यसलेे,
... तरपनि धेरैलेयहॉ सुर्तिका कुरा गर्छन!

भगवान हुन भन्दै मानिराछन सबैले,
आफैले नै बनाएका मुर्तिका कुरा गर्छन!

आएकाछन तेताहरु गाऊमा भिक्षा लिन,
विकास गर्छौ भन्दै परि-पुर्तिका कुरा गर्छन!

जति राम्रो गरे पनि जिनदगीमा हजुर,
सबैले बैमानि र त्रुटिका कुरा गर्छन!
जयराम वि.क.(जयॉ भॉवुक)
धधवार ७ बर्दिया
हाल मलेसिया जोहोर,,,,


मानन्धर अभागी का दुई गजल


~~~~~~ गजल ~~~~~~

यो कस्तो समय काल भो आज
मर्नु न बाँच्नु बेहाल भो आज
...
महँगीको कारण चुल्हो नबल्दा
घर – कलह बबाल भो आज

पाल्नै नसके पोइला जान्छु भन्छे
यो जिन्दगीको सवाल भो आज

मान्छेले – मान्छे खाने उदाहरण
याँ श्रीमानको हलाल भो आज

लिलामी हुँदैछ देश र जनता
ढुकुटी भर्दैछ कमाल भो आज ।



~~~~~~ गजल ~~~~~~

घाउमा मल्हम लाउने कसले ?
मोटा मोटा बिल लेख्छ जसले

... उपचारको नाउँमा व्यापार मुखी भो
धोक्रो भर्ने अर्कै दुःख गर्ने नर्सले

जे घोचे पनि जहाँ घोचेपनि हुन्छ
नरम – गरम जवानी वैंशले

क्याप्सुल – टयाबलेट डङ्गुर छँदैछ
ढुक्कै छ सलाईन पानी रसले

धमाधम बिल बनाउन पाउँदा
हाँस्दै छन् खुसीले ओखती पसले ।

– © मानन्धर अभागी ।

Tuesday, June 18, 2013

गजला २०७० २ ३१ डाउनलोड



कार्यक्रम :- गजला
रेडियो :- पाथिभरा एफ एम ९३.६ mhz दमक झापा
प्रस्तोता :- घनश्याम पथिक
समय :- सुक्रबार रात ९:४० बजे




डाउनलोड को लागि यहाँ क्लिक्क गर्नुहोस  



सर्वधिकार हाम्रो साहित्य यात्रा परिवार 
धन्यबात।

Wednesday, June 12, 2013

जयराम वि.क.(जयॉ भॉवुक) को एक गजल



सुन्नुस है तँ कहानी प्रदेशीको!
सधै नै भिज्छ सिरानी प्रेशीको!

सपनाको संसारमा हराई हराई,
अनि हुन्छ है विहानी प्रदेशीको!

यादहरू भुलाउछ भन्दै शराबमा,
दिन जान्छ हल्का तानी प्रदेशीको!

घरबाट आउदा सॉच्चै सोझॉ ठिटाहरू,
यहॉ तँ विग्रिदो रैछ बॉनी प्रदेशीको!

जे जस्तो गरे पनि प्रवाशमा हजुर,
संघर्षमै बित्छ जिन्दगानी प्रदेशीको!

जयराम वि.क.(जयॉ भॉवुक)

Monday, June 10, 2013

गजला 2070- 02- 24 हाम्रो साहित्य यात्रा/ डाउनलोड



कार्यक्रम :- गजला
रेडियो :- पाथिभरा एफ एम ९३.६ mhz दमक झापा
प्रस्तोता :- घनश्याम पथिक
समय :- सुक्रबार रात ९:४० बजे




सर्वधिकार हाम्रो साहित्य यात्रा परिवार 
धन्यबात।

Sunday, June 9, 2013

Listen Muktak Man Episode 09

Muktak Man is the Radio Program Hosted by Ashish Danai.
Yo can send your muktak at muktakman@gmail.com or go to www.facebook.com/muktakman

Listen Muktak Man Episode 09



Saturday, June 1, 2013

राजु काश्यप को एक कबित


बिद्रोह गर्दिनौ किन ?

-राजु काश्यप
यहाँ हुन्छन हजारौँ हजार नारी समाधिकारका कुरा
बन्धन हो पुरषको
सोच्दी हौ तिमी अलङ्कार हो चुरा ।
म नडगमगाई शोषण गर्छु सधैँ तिमीलाई
तिमी फुस्रा भाषण छाँट्छौ आफुलाई पर्दा पछाडि लुकाई ।

तिमीले परपुरुषको हात समाए कतै
ठहरीन्छौ समाजमा बेश्या भनि
मैले बलात्कार गरेनी तिम्रै आँखा अगाडी
पुज्छन सबै सधैँ आदर्श पुरुष मानी ।

तिम्रो ईच्छा बिपरीत सयौँ चुम्बन लिन्छु
निर्धक्क तिम्रा बक्षस्थलमा हात डुलाई दिन्छु ।
तर तिमी सक्दिनौ गर्न बाधा समाजको डर मानी
म शोषण अत्याचार गर्दै जान्छु दासी नारी ठानी ।

नारी हक अधिकारका कुरा गरेर मात्र हुन्न कहिलै
ब्यवहारमा पनि देखाउनु पर्छ तिमीले,
नत्र भने मेरो दासी नै रहने छौ हेप्पिएर जहिलै ।

म त फुर्क्याई दिन्छु तिमीलाई देवीरुप भन्दै
तिमी शोषित बनी रहन्छौ मैले दिएका उपमा गन्दै ।

म आफैँ छक्क पर्छु तिमी गर्दिनौ बिरोध किन?
म त घरमा स्वास्नी भए पनि
परस्त्रीमा हात लम्काउने लोग्ने मान्छे ...
आज उल्टै सोध्न मन लाग्यो तिमीलाई
हे नारी ! म बिरुद्ध बिद्रोह गर्दिनौ किन..??

॰शदिया,असम,भारत।

Tuesday, May 28, 2013

मनिराज तामांग को झुपडी download

मनिराज तामांग को झुपडी एक मर्म स्पर्शी आधुनिक गीत


for online listen


for Download

download

Monday, May 27, 2013

राजु काश्यप को एक मुक्तक


॰-मुक्तक-॰

लाजै नमानी हात समायौ, काठमाडौँको दोहोरी साँझमा
आफु त गाउँले परियो प्रिया, लाजले भुतुक्कै सबैको माझमा !
तिमी त रानी नै रैछौ यौवना, चिटिक्क सोह्र श्रृङ्गार तनमा
म त के हुँ र ! एक निरीह प्राणी, पिएरै मस्त रहेँ तिम्रो राजमा !!

-राजु काश्यप

Friday, May 24, 2013

मानन्धर अभागी का केही गजल




विदेशको त्यो जागिर , कस्तो अभिशाप भयो
पापी पेटकै कारण , विदेशीनु पाप भयो

... एउटा बाध्यता रह्यो , अर्को विडम्बना भयो
जा गिर अर्थ साँचो हो , के गर्नु करकाप भयो

छोरी आइन् भनि सोधी रे , कुर्दा – कुर्दै बित्नु भो रे
घरमा रुवाबासी चल्यो रे , के को श्राप भयो

मृत्युले कसैलाई पर्खदैन , यथार्थ हो रहेछ
मुखै हेर्न नपाइ , आगोमा सखाप भयो

ईश्वरको कस्तो लीला , यो अभागीलाई आज
दुःखको समाचारले , अलाप – विलाप भयो ।


एक – एक गर्दै याँ को धरोहर गिर्ला है
भोलि फेरि यहाँ विषालु धमिरा छिर्ला है

... बारम्बार विदेश धाउँदै घुँडा टेक्दैछ रे
एकपछि अर्को गर्दै खोस्दैछ फेरि पिर्ला है

नागरिकता त बाँडी सक्यो रे अब के बाँकी छ
एक – एक गर्दै नेपालीको छाती चिर्ला है

आफ्नै आमाको दशधारा पिएको त्यो कर्जा
हाम्रा नेताहरू भोलि कसरी तिर्ला है ।
 




आफ्नो जिन्दगी देखि आफै , निराश देख्छु
भौंतारी यता – उता जान , हत्तास देख्छु

कलकलाउँदो त्यो जीवन , निराश – निराश
बादल मडारिँदा आकाशझैं , उदास देख्छु

किन होला आफ्नै जिन्दगी देखि हारे जस्तो
खै आजभोलि कस्तो – कस्तो , आभाष देख्छु

सम्पूर्ण भएर नि आज , धोका पाउनाले
सँधैसँधै तिम्रो आँखामा , प्रवास देख्छु

एउटा तारा झरेर के भो , बाँकी थुप्रै छन्
मेरो यो कुराले तिमीमा , विश्वास देख्छु ।

– © मानन्धर अभागी ।

Thursday, May 23, 2013

रकआईरन गनेश को एक गजल


गजल
सधैं एयरपोर्ट जाम हुन्छ।
परदेसिनेको लाम हुन्छ।।

जाली फटा  बिदेशमा,
श्रम बेच्न ऊ तमाम हुन्छ।।

जे भनेनी टेर्छ्न गोर्खेहरु।
जता ततै बदनाम हुन्छ।।

दिनभर  पसीना बेच्दा।
हातमा रित्तो खाम हुन्छ।।

कतै आँशुले मुच्छन गाँस।
कतै नाना सरदाम हुन्छ।।

२०७० जेठ ९ मै २३



Wednesday, May 22, 2013

आफु हाँस्यौ तर मलाई / गजल डाउनलोड


सिर्शक :आफु हाँस्यौ तर मलाई  रुवाएर गयौ
एल्बम :- याद बिर्शी जानेको
सब्द रचना :- घनश्याम "पथिक"
विधा :-गजल
स्वर :- हरी लम्साल
संगीत :- हरी लम्साल




  

  डाउनलोड को लागी यहाँ क्लिक्क गर्नु होला    

Tuesday, May 21, 2013

गजला listen and download



कार्यक्रम :- गजला
रेडियो :- पाथिभरा एफ एम ९३.६ mhz दमक झापा
प्रस्तोता :- घनश्याम पथिक
समय :- सुक्रबार रात ९:४० बजे

जय गौडेल संगको अन्तरबार्ता बिसेष शृंखला


डाउनलोड को लागी यहाँ क्लिक्क गर्नुहोस  


धन्यबात।

Sunday, May 19, 2013

राम प्रसाद पाण्डेय को एक गजल


गजल

यहा आफू सामान, मान्छे खोजेर कहाँ भेटन्छ र
कलि युगमा भगवान, खोजेर कहा भेटन्छ र ।।

... जता हेरेनि मान्छे मान्छेहरु कै भिडभाड छ
यो कोलाहलमा सुनसान, खोजेर कहाँ भेटन्छ र।।

रहन्न् केहि नि गोप्य कुरा पर्दाफास हुन्छ सबै
छ यहा भित्ताको नी कान, खोजेर कहाँ भेटन्छ र।।

जन्मिएर कति कति मरे मान्छेहरु बिगतमा यहा
अब तिनिहरुको चिहान, खोजेर कहाँ भेटन्छ र ।।

यस्तै रहेछ संसार यो दु:ख र सुखको संगम जस्तै
साझ परेसी यहा बिहान, खोजेर कहाँ भेटन्छ र।।

राम प्रसाद पाण्डेय
तम्घास गुल्मी

मानन्धर अभागी को एक गजल



~~~~~~~~~~~ गजल ~~~~~~~~~~~

देख्दैछु म आजकाल , आफ्नो हातमा आफ्नै लास
कसैको चोट – पीडाले , भौंत्तारिरहे आसपास

... मित्र अनिश्चित यात्री , खै डर के हो – भर के हो
अब त थाकिसके , भएनछ अब भय त्राश

फूलको जात यस्तै हो , मालीलाई बिर्सि दिन्छन्
फर्कि आउँछ कि भन्ने , हुँदो हो अझै ठूलो आश

बरु फूल्दै नफूल्नु , फूलेपछि सधैँ फूलिरहनु
साथ छाडेर यात्रीको , जिन्दगी नहोस् नास

ए फूलहरू हो , मेरो अनुनय – विनय छ
बाँच्ने आधार देउ , नपठाउ वनबास ।

– © मानन्धर अभागी ।

Saturday, May 18, 2013

रकआईरन गनेश को एक गजल



कानुनले निर्दोष जोखेर गयो।
गरिबले आँशु बोकेर गयो।।

 गरिबको पनी, दिन आउछ।
नेताले भासण ठोकेर गयो।।

शिक्षाले होला पलाएछ बुद्धि।
जडियाले रक्सी पोखेर गयो।।

औसधी छैन आस्पताल बन्द।
रोगीले जिब्रो टोकेर गयो।।

हेर उसले, हार्नेछ चुनाब।
पागल ले बाजी ठोकेर गयो।।

जेष्ठ ४ मै १८ इन्छन

Friday, May 17, 2013

रकआईरन गनेश को एक गजल




गजल
कहिलै छुट्ने छैन यो  हात समायौ भने
कती खुशी हुन्छौ होला मेरो साथ पायौ भने।

को हुन्छर नरुने त्यो विरहको गाथा सँग
ती री री री बासुरीमा रोदी भाका गायौ भने।

ढिडो आटो जे भए पनी  मिठो हुन्छ मलाई
खुशी सँगै खान्छु तिम्रै हातले बनायौ भने।

खुशी हुन्छु प्रिया पसिनाले यती  सकें किन्न
चौबन्दी र फरिया,  डाल  भरी  सजायौ  भने।

एकै  छाक खाएर पनी  हांशी रहन्छु बोरु
लाल बाल  बचेरा संगै, तिमी अघायै भने।

राजु काश्यप को एक गजल



गजल*
नहिँड एक्लै तिमी दुनियाँको नजर लाग्छ
लाने हो की कसैले तिमीलाई डर लाग्छ।
पाइला पाइलामा काँडा रोप्ने धेरै पाएँ यहाँ
केवल तिम्रो यो जीवनलाई भर लाग्छ।
तृष्णा मेट्ने तन-मनको सयौँ छन दुनियाँमा
चोखो पवित्र मात्र तिम्रो मलाई अधर लाग्छ।
सायद नहोला कोही पनि म जति भाग्यवान
निरन्तर बगी रहने हाम्रो पिरती नहर लाग्छ।
पसे कोही नगर तिर बिदेशीए यहाँ कती
मलाई त तिम्रो साथले गाउँ नै सहर लाग्छ।
-राजु Kashyap
असम/Bharat 

बालकृष्ण भट्टराई को एक मुक्तक



  • मुक्तक,
    आजै भेट्न अाउ भोली लाश हुन सक्छ।
    रात ढल्दा प्रलोकमा बास हुन सक्छ।।
    वास्ता तिम्ले नगरेर टाढा जाँदा पछुताउली,
    अाजै को रात तिम्रो लागी खास हुन सक्छ।।

    बालकृष्ण भट्टराई,
    पिडीखोला,नौ,स्याङ्जा,
    हाल-दुबै।।

डा घनश्याम परिश्रमी सँगको अन्तरबार्ता



डा घनश्याम परिश्रमी सँग सुभा संगम लेकार्यक्रम गजल सुधा मा लिएको एक गजल अन्तरबार्त गजल का सिकारु तथा गजल पारखीहरुले सुन्ने पर्ने अडियो।

Thursday, May 16, 2013

मानन्धर अभागी को एक गजल



~~~~~~~ गजल ~~~~~~~

कति बस्नु खै खण्डहर भो दरबार
आमा – बाबु विहीन झैं भयो बेघर्बार

माटो सँगसँगै आफू रोइरहेको छु
छाती दुखी राखेको भएन उपचार

एक्लो पारियो लाचार भएछु आज
किन हो कसैले पनि गरेन उद्घार

कस्तो दशा आइ लाग्यो सँधै मलाई नै
किन होला घोच्या – घोच्यै गर्छ बारम्बार

जन्मायो किन न्वारान गर्न नसक्नेले
जन्मेर वर्षौं बित्यो त्यो अपरम्पार ।

– © मानन्धर अभागी ।

Wednesday, May 15, 2013

रकआईरन गनेश को एक गजल


गजल :
कता बाट  आगो बल्यो पत्तै भएन।
आगो संगै सपना डढ्यो पत्तै भएन।।

मायाँ गर्थे उनीलाई अझै पनी गर्छु।
कहाँ नेर बिस्वाश घट्यो पत्तै भएन।।

दसनंग्रा खियाउदै जीउ पाल्दै थियँ।
खै कतीखेर सरीर ढल्यो पत्तै भएन।।

चट्टान पनी फेल  उसका सामु भन्थे।
कसो गरी आँशु धारा झर्यो पत्तै भएन।।

कता बाट  आगो बल्यो पत्तै भएन।
आगो संगै सपना डढ्यो पत्तै भएन।।

जेष्ठ १ २०७० मै १५ इन्छन

अन्जान श्रेष्ठ अभागी का दुई गजल हरु


१ 


डल्ली मोरी मसँग माया लाउछु भन्छे ।।
लाने भए त मोरी म सँग आउछु भन्छे ।।

बल्ल त सोह्रमा पाहिला टेकेकी मोरीले ।। 
जवानीको सबै प्यास मेटाउछु भन्छे ।।

यसो हर्दा जवानी भरिएकी ठिटी छेनी ।।
उमेरै पुगको छैन डेरा जमाउछु भन्छे ।।

भगाउ भने मलाई दाई भन्छे मोरीले ।।
हुन्न भन्छु मान्दै मान्दिन भगाउछु भन्छे ।।

साह्रै राम्री छेनी हेरिरहुँ जस्तो अझै ।।
योवनको कुरा गरी मनाउछु भन्छे ।।

२ 

हिजो आज देख्छु तिमी अन्तै बसाई सर्यौ अरे ।।
मलाई घृणा गरी कसैलाई माया गर्यौ अरे ।।

सुनेको छु मैले भन्दा धेरै माया दिन्छ उस्ले ।।
मेरो मुटु दुखाई छुरा रोपी बिष छर्यौ अरे ।।

मैले के गल्ति गरेँ र मलाई छाडी गयौ तिमी ।।
सधै रुवाउने तिमी अझै म सँग डर्यो अरे ।।

तिम्रो जाली माया चाहिदैन अब निष्ठुरी तिमी ।।
त दुइ नदीको सङगमबाट नदी तर्यौ अरे ।।

तिमीलाई मुटुमा राखेँ तर तिमी त जाली थियौ ।।
सधै माया भन्थ्यौ आखिर दोधारमा पर्यौ अरे ।।

अन्जान श्रेष्ठ अभागी
कान्छीबजार स्याङजा

Tuesday, May 14, 2013

मानन्धर अभागी को एक गजल



~~~~~~~~~~ गजल ~~~~~~~~~~

अचानो न हो जिन्दगी , बाँच्नु पर्छ सहेर नै
खुकुरीका चोटहरू , खप्नु पर्छ मरेर नै

भाउजुको फरिया टुप्पोमा , दाजु पोका पर्दैछ
भाइहरू ओखलमा , नाच्नु पर्छ थिचेर नै

लुकाएकै रहेछ नि , अपार सम्पत्तिहरू
मुक्ति पाए दाजु – भाउजु , भरपाई गरेर नै

चुलो – चौका देवालीमा , भित्र्याएको छैन अझै
छि ... छि दूर ... दूर गर्दैछ , बेजात रे भनेर नै

दाजुलाई डोकाले छोपी , भाउजुले फटाए नि
हामी आफ्नै संसारमा छौं , कयौं जङघार तरेर नै

के नै विराम भो र हाम्रो , अंश दाबी त गरेनौं
आज दुश्मनी बनायो , तीखा आँखा गढेर नै ।

– © मानन्धर अभागी ।

Monday, May 13, 2013

राम प्रसाद पाण्डेय एक गजल


शहिदहरुको संझनामा एउटा देश भक्ति गजल
-------------------------------------------------

देशको दु:ख पीर रुन्छ हिजो मर्ने सहिद संझी
पोस्टरको तस्विर रुन्छ हिजो मर्ने सहिद संझी ।।

स्वार्थ लुट्दा मारीएका ती बेसाहारा गरीबहरु
कर्णालीको तिर रुन्छ हिजो मर्ने सहिद संझी ।।

भोक प्यास नभने रै नखाइ नलाइ लडे कति
बास बसेको भीर रुन्छ हिजो मर्ने सहिद संझी ।।

जो मरे नि शहीद हुने शहीदकै अपमान भो
सालिकको शिर रुन्छ हिजो मर्ने सहिद संझी ।।

जग्गाजमिन दिन्छैा भन्थैां गास बास छैन आज
गरिब मनको चीर रुन्छ हिजो मर्ने सहिद संझी ।।

राम प्रसाद पाण्डेय
तम्घास गुल्मी

Saturday, May 11, 2013

मुक्तक मन episode 08-- Listen and Download


Muktak Man is the Radio Program Hosted by Ashish Danai.
Yo can send your muktak at muktakman@gmail.com or go to www.facebook.com/muktakman

Listen Muktak Man Episode 08

click here for part 8


Friday, May 10, 2013

मानन्धर अभागी को एक गजल



~~~~~~~~~ गजल ~~~~~~~~~

हुनेभए कात्रो ओढी , आर्यघाट फिर्ने थिएँ
आफ्नो लास आफैले , काँधमा भिर्ने थिएँ

मलामी विनाको लास , यस्तै – यस्तै हुँदो हो
जिउँदो यो लास आफै , आगोलाई गिर्ने थिएँ

घाटे बाहुनलाई दिने , आफूसँग द्रव्य छैन
मेरो कर्म गरी दिए , अर्को जन्ममा तिर्ने थिएँ

मेरो मृत्यु पश्चात , प्रत्येक कालो रातमा
मेरो मृत्यु माग्नेलाई , सँधै सँधै पिर्ने थिएँ

खरानी भै गो जिन्दगी , जस्को कारणले गर्दा
हुने भए उसलाई , बञ्चरोले चिर्ने थिएँ ।

– © मानन्धर अभागी ।

राम प्रसाद पाण्डेय को एक गजल


e-height: 12.727272033691406px; margin: 0px 0px 5px; padding: 0px; word-break: break-word; word-wrap: break-word;"> गजल--------------

भमराले चुसेको त्यो फूलमा परीएछ
जानी जानी आज आफै भूलमा परीएछ।।

जिवन यात्रा पार गर्न सुलभ बाटो खोज्दा
बाढी आइ भत्किएको पूलमा परीएछ ।।

सुखको खोजी गर्दै जोखीमहरु मल्दै जाँदा
बली दिने कसाईको हूलमा परीएछ ।।

समालिदै हिडेकोथे परचक्रीहरु सँग
आफ्नतिले थापेकै त्यो शूलमा परीएछ।।

राम प्रसाद पाण्डेय
तम्घास गुल्मी

मानन्धर अभागी को एक गजल



~~~~~~~~माता तिर्थ औशी बिसेष  गजल ~~~~~~~~

मान्छेलाई यहाँ मान्छेको विश्वास छैन
आफ्नै आमा – बाबु हराउँदा तलास छैन

हिजो – आज रातभरि खोकेर मर्दै गर्दा
खै छोरालाई कत्ति पनि आभाष छैन

कस्तो जमाना आयो जिउँदै खाने भयो
मृत्यू पर्खिंदै होला पटक्कै निराश छैन

त्यो सुन्दर बगैंचामा बृद्ध – बृद्धालाई
मात्र वृक्षहरू छ , तर बतास छैन

घरमा भन्दा कतै आश्रम नै वेश होला
बाँच्नुको अर्थ जिन्दगीमा परिहास छैन ।

– © मानन्धर अभागी ।

Sunday, May 5, 2013

Muktak man-2070-01-20 | Episode 07


Muktak Man is the Radio Program Hosted by Ashish Danai.
Yo can send your muktak at muktakman@gmail.com or go to www.facebook.com/muktakman

Listen Muktak Man Episode 07

राम प्रसाद पाण्डेय को एक गजल



-----------एउटा भिन्नै खालको गजल--------------
-----अरुको सिर्जना चोरेर आफ्नो नाम राख्नेहरुको बिरुध्दमा----

चोरेर अर्काको सिर्जना नाम किन चलाउछन् कोहि यहा,
मिलाएका ती शब्दहरु देखेर मन किन जलाउछन् कोहि यहा ।।

सके आफैले लेख्नु नसके अरुको पढेर चित्त बुझाउनु पर्ने हो तर,
चोरेरै सिर्जना आफ्नो ईज्जतमा दाग किन लगादछन् कोहि यहा ।।

हेर्दैनन् आफुले आफैलाइ आफू कुन गतिमा छु भन्ने कुरा ,
चोरेरै आफ्नो स्वाभीमानको शिर किन ढलाउछन् कोहि यहा ।।

कसैले कति मिहेनत र लगनले गर्छ आफ्नो सिर्जनाको रचना ,
तर कपि गरेर देखाउदै अरुलाइ आफ्नो नाक किन फुलाउछन् कोहि यहा ।।

राम प्रसाद पाण्डेय
तम्घास गुल्मी

Friday, May 3, 2013

भुपेन पुरी को एक गजल

गजल
तिम्रो जवानीलाई फूलको डाली संग हेर्नु पर्ने भो
बजाउँदा पटटटटट बज्ने ताली संग हेर्नु पर्ने भो !!

मिठो फल बनेर फल्यौकी सबका आँखा तर्ने गरि 
सबैले टिपेर खान मिल्ने बाली संग हेर्नु पर्ने भो !!

खै किन भेना भने पछि भुतुक्कै हुन्छन रे साली
साँचै एकपटक लव गरेर साली संग हेर्नु पर्ने भो !!

माया के हो लगनशीलता के हो बुझ्नलाई पक्कै 
लाखौं फूलको स्याहार गर्ने माली संग हेर्नु पर्ने भो !!

रकआईरन गनेश को एक गजल



गजल
डरलाग्दो खबर सुनायो अब म के गरु ?
खहरेले घर-खेत बगायो अब म के गरु ?

सडकमा सुत्थ्यो दरबार छिरे पछी,
उसले नयाँ जीवन पायो अब म के गरु?

कती मेहनत पसिना मिसाएर  सिएको
सामन्तीले लगायो फटायो अब म के गरु?

एक मुरी धान बेचेर कुकर किनेको 
छोराले बम पड़कायो अब म के गरु?

यस्तो पनी हुदो रैछ कहिले काहीं त् 
आकस्मत प्रेम पत्र आयो अब म के गरु?

रकआईरन गणेश 
फुएतप्पा ५ इलाम हाल इन्छन कोरिया 
बैसाक २१ २०७० मे ३ 


Thursday, May 2, 2013

रकआईरन गनेश को एक गीत


गीत
बोल्दैन तस्बिर देखेर कहानी।
बोरु बोल्छ समाज मेटेर निसानी।

यस्तै रैछ कर्म जिन्दगीको खेल,
भए आफै सँग संधैलाई फेल,
रुदैन कलम लेखेर कहानी।
बोरु रुन्छ समाज मेटेर निसानी।

जे जे गर्छौ सबै जवानीमै गर,
रित्ता छन रे सारा  झोली तुम्बी भर,
पर्खिदैन काल देखेर जवानी।
बोरु हुन्छ जीवन जलेर खरानी।



बोल्दैन तस्बिर देखेर कहानी।
बोरु बोल्छ समाज मेटेर निसानी।

Wednesday, May 1, 2013

रकआईरन गनेश को एक गजल




गजल
कता कता आफै सँग हारे जस्तो लाग्यो
जिन्दगीनै अन्त कतै सारे जस्तो लग्यो

रहर हरु आँउछन् आफै हराएर जान्छन
मन भित्रका सपना मारे जस्तो लाग्छ

चारै तिर जता ततै आँशुकै ताल देख्छु
आँशुले नै जिन्दगानी उतारे जस्तो लाग्छ

फुल्दै थिएँ डालीमा जवानी ती रंग सँग
कोपिलामै भमराले झारे जस्तो लाग्यो

प्रेम पनी यस्तो हुन्छ सोचिन थे कहिलै
आफ्नै ले नी एक्लै पारे जस्तो लाग्यो

मे १ २०१३ बैसाक १८ इन्छन


मुगलान


डा गोबिन्द राज भट्टराई को उपन्यास मुग्लान

लेखक :-डा गोबिन्द राज भट्टराई
कृति :- उपन्यास/ मुगलान
अडियो श्रोत :- श्रुति संवेग ब्लग
बाचक :- अच्युत घिमिरे 

>

Muglaan - 1
Click Here to Download
Muglaan - 2
Click Here to Download
Muglaan -3
Click Here To Download
Muglaan - 4
Click Here to Download
Muglaan- 5
Click Here to Download
Muglaan - 6
Click Here to Download
Muglaan - 7 (Interview with Prof. Dr. Govinda Raj Bhattarai)
Click Here to Download

Tuesday, April 30, 2013

राम प्रसाद पान्डेय को एक गजल



गजल----------

ज्योतिषि लाई देखाउदै, हात सँग सोध्ने गर्छु ।
किन आउछैा समस्याको, खात सँग सोध्ने गर्छु ।।

उडिजाने पात जस्तै, हुदा खेरि जीन्दगानी
ऐलियर भुइमा झर्ने ,पात सँग सोध्ने गर्छु ।।

सधै जीवन साँझ जस्तै, बिहानी खै कहिले हुन्छ
प्रत्येक दिन उदाउने, प्रभात सँग सोध्ने गर्छु ।।

कहिले हुन्छन् जीन्दगीमा, देखीएका सपना पुरा
ओैशीको त्यो जुन नलाग्ने, रात सँग सोध्ने गर्छु।।

ज्योतिषि लाई देखाउदै, हात सँग सोध्ने गर्छु
किन आउछैा समस्याको, खात सँग सोध्ने गर्छु।।

राम प्रसाद पान्डेय
तम्घास गुल्मी

Monday, April 29, 2013

मानन्धर अभागी को एक गजल



गजल ~~~~~~~~~~

पल पल दुखेर नै , आमाको छाती पोल्दो हो
जानु कहिले – कहिले , नारायण भनी बोल्दो हो

ठूलो भाग खानलाई , कत्ति हतारिएको हो
अर्केले खाइदेला भनी , भित्र – भित्रै जल्दो हो

आफूलाई जन्म दिने , आफैलाई भार भएछ
पन्छाउन नपाएर , मन साह्रै गल्दो हो

भित्रै देखि खुसी हुँदै , दिउँसै सपना देख्न थाल्छ
म¥यो भनेको बिउँझिदा , स्वयं आफै ढल्दो हो

बढी भाको आमाको काख , त्यो काख राख भएन
गिद्धले सिनो कुर्दा – कुर्दा , थाकेर नै चल्दो हो ।

– © मानन्धर अभागी ।

Saturday, April 27, 2013

रकआईरनगनेश को एक गजल



गजल
रुने छैन यो मन सम्झिएर तिमी
गल्ने छैन चौतारीमा पर्खिएर तिमी

पृत पृत भनी रहें तिम्रै नजर सामु
लत्याएर हुन्न भन्यौ पन्छिएर  तिमी

भुल्नै पर्छ अब भुल्दै छु म आज
अश्रु घात आँशु जलन तडपीएर तिमी

गयौ गयौ धेरै टाढा छितिज भन्दा पारी
मुटु भित्र जलन बोकी मस्किएर तिमी

वैशाक १४ २०७० apr 27 incheon

मानन्धर अभागी को एक गजल



गजल ~~~~~~~~~

मृग ओरालो लाग्दैछ , खेदो गरेको गर्दैछ
पोल्दै गरेको घाउमा , नुन खोर्सानी छर्दैछ

किन आफ्नै छायाँ देखि , आफै डराई रहेछ
ऋतुमतीझैं माईलो , खै परपर सर्दैछ

प्रतिद्घन्द सकूनीसँग , कस्तो चाल चलेछ
गलत चाल चालेर , धर्म संकटमा पर्दैछ

नचाल्नु चाल चालिगयो , सर्वस्व नै हरी गयो
भाकल गर्दै पूजा गर्दै , दिन – दशाहरू टर्दैछ

शिरको टोपी ढलेर , आज आफै माथ भयो
सँधैको अपराजित , आफ्नै सेनाबाट मर्दैछ

जति भएका चउरीमा , अरु नै चर्न थालेछ
क्षित्तिपाल भएर नि , कोमल हातमा चर्दैछ ।

– © मानन्धर अभागी ।

Friday, April 26, 2013

राम प्रसाद पान्डेय को एक गजल



गजल

तिमीलाई रुवाएर हाँस्न खोज्या छैन प्रिय
तिम्रो खुशी हडपेर माँस्न खोज्या हैन प्रिय।।

अजम्बरी हाम्रो मायाँ अमर रहोस् सदा सदा
मैले कही अन्तै माया गाँस्न खोज्या छैन प्रिय ।।

जुगौ जुग साथ दिने भन्ने हाम्रो बाचा कसम
तिमि हिड्ने बाटो मैले भाँस्न खोज्या हैन प्रिय ।।

एकै पल नि टाढा हुदा दुखे जस्तो लाग्छ मुटू
तिम्रो च्याती अर्को तस्विर टाँस्न खोज्या छैन प्रिय।।

तिमीलाई रुवाएर हाँस्न खोज्या छैन प्रिय
तिम्रो खुशी हडपेर माँस्न खोज्या हैन प्रिय।।

राम प्रसाद पान्डेय
तम्घास गुल्मी

Thursday, April 25, 2013

तोया नाथ पौडेल को एक गजल


धेरै पछी छुट्टी जाँदा सुन्तली लाई उस्तै भेटें
जम्दार बा काँ बसेको हली लाई उस्तै भेटें    

नफाटेका नटुटेका सखुवाको अग्राख जस्तै 
काजी सा'ब र हुक्काको नली लाई उस्तै भेटें

चोक चोक मा घुमी रा'थे मुन्द्रे जगल्टे
चुरोट सँगै गाँजा तान्ने अम्मली लाई उस्तै भेटें

बाँच्न पाउने अधिकार पशुको नि हुन्छ
मृग खोजी सिकार गर्ने जँगली लाई उस्तै भेटें

नयाँ नेपाल बन्यो भन्थे ठुला ठालु ले
उस्तै रैछ खाँद्बारी मन्थली लाई उस्तै भेटें

तोया नाथ पौडेल 
सँखुवा सभा तामाफोक-८
हाल मरुभुमी को छाती बाट

रकआईरन गनेश को एक गजल



गजल
लठ्याउने नजर झुकाएर आउ
सम्बन्दका हात फुकाएर आउ

धिप्पिक बलेको त्यो  जवानी
लुटिन सक्छ लुकाएर आउ

यो घर पनित तिम्रै हो नी
आँसु भेल  सुकाएर आउ

डोली  संगै भकानिन्छ गगन
 मन्द हावा रुकाएर आउ 

लठ्याउने नजर झुकाएर आउ
सम्बन्दका हात फुकाएर आउ 

मानन्धर अभागी को एक गजल


मुनाको पछि पछि , पाउन आज धाइरहे
विरक्तिएर गीत , मदन आज गाइरहे

खोटो त्यो अभागीलाई , अभिशाप भएछ रे
मुनालाई सम्झेर , एक्लै आज विताइरहे

एक्लो जीवनमा , जिन्दगी नै निराश भएछ
मुनासँग छुट्नु पर्दा , आफै छाती पिटाइरहे

मुटुको टुक्रा चुँडाइ लगे , छिया – छिया भो रे
उनैलाई सम्झेर , अश्रुधारा बगाइरहे

मुना विनाको जिन्दगी , विरानो – विरानो भएछ
नदीको धारसँगै , टोलाएर सुसाइरहे ।

– © मानन्धर अभागी ।

–डि.वि. संघार को एक कविता



कविता – म को हुँ ?

आफूलाई व्यङ्ग्यको पात्र बनाइरहेका
परम पूज्य मातापिताका आकाँक्ष भित्र
मकैका सेता फूला जस्ता
उज्जल र आसालाग्दा सपनाहरुका
अमुर्त यि प्रमाण पत्रहरुको मालिक भनिने
म को हुँ ?

प्रमाण पत्रहरुको छायाँ प्रतिहरुको
अग्लो चिराग बोकेर
अन्धकार रातजस्तो यो खडेरीको शहरमा
रोजगरीको गोला झोँस्दा
राजनितीबाद भित्र नातावादका टर्रो गन्धले
बौलाएर हनहनाइरहेको
बेरोजगारीको हरीङ्गालले
डसेर घायल यो तन
डसाइको पिडाले चोच्चाइरहेको मन
झरना जस्तै गिरी रहेका मातापिताका आकाँक्षा
र यो धर्ति जस्तै विवश जिन्दगी
लर्तान नसक्ने, म को हुँ ?

छाडेको घर जस्तै उजाडिएका भावना
र मैलाइरहेका अनावस्यक डररुपी झारभित्र
मात्रिभुमिको स्नेही चितामा जलेर
भट्कीएको आफ्नै प्राण
मात्रिभुमि हेर्दाहेर्दै बाटो छेकिदिने आसु
बाँचे फर्कने अभिलासामा
हातमा राहाधानि बोकेर
आफ्नो पवित्र जिन्दगीलाई जौँ, तिल मानि
विदेशि रोजगारीको होमखाडिमा प्याँक्न
अनन्त नदि झैँ लामो लाइनमा छिरेको
म को हुँ ?


–डि.वि. संघार

Wednesday, April 24, 2013

मुक्तक सरोवर डाउनलोड


नेपाली मुक्तक विधाको एक कार्यक्रम
कार्यक्रम :- मुक्तक सरोबर
 स्टेशन :- रेडियो देभदह १०६.६ mhz
प्रस्तोता :- युबराज लामिछाने प्रदिप




डाउनलोड :- यहाँ क्लिक गर्नुहोस

'युवराज लामीछाने प्रदिप' का केही मुक्तक हरु


1
मलाई धेरै हाँसेको मन पर्दैन
कामहरु साँचेको मन पर्दैन
गाँउघर तिर भन्छ्न कसैले
पोथी बाँसेको मन पर्दैन


2
तिमीलाई आफ्नो ठान्नु गल्ती भयो
विश्ळाशको पात्र मान्नु गल्ती भयो
आज बिचल्ली पारेर गयौ तिमी
हजारौँमा तिमलाई छान्नु गल्ती भयो


3
सोध्दै छु ताराहरुलाई
पढ्दै छु बुद्धका नाराहरुलाई
कहिले गर्छ यो सरकारले कारबाही
पत्रकारका हत्याराहरुलाई।


4
जिन्दगीको एउटा छुट्टै संसार बनाउँदै छु
मनका बहहरु पोख्ने सञ्चार बनाउँदै छु
पर्खि बस मेरी प्रिया लिन आउँछु छिट्टै
तिमी र म सँगै बस्ने धन्सार बनाउँदै छु

युबराज लामिछाने 'प्रदिप'
रापकोट-2,स्याङ्ग्जा
हाल=देबदह-3,खैरेनी रुपन्देहि
मो.-9849623104