Wednesday, May 1, 2013

रकआईरन गनेश को एक गजल




गजल
कता कता आफै सँग हारे जस्तो लाग्यो
जिन्दगीनै अन्त कतै सारे जस्तो लग्यो

रहर हरु आँउछन् आफै हराएर जान्छन
मन भित्रका सपना मारे जस्तो लाग्छ

चारै तिर जता ततै आँशुकै ताल देख्छु
आँशुले नै जिन्दगानी उतारे जस्तो लाग्छ

फुल्दै थिएँ डालीमा जवानी ती रंग सँग
कोपिलामै भमराले झारे जस्तो लाग्यो

प्रेम पनी यस्तो हुन्छ सोचिन थे कहिलै
आफ्नै ले नी एक्लै पारे जस्तो लाग्यो

मे १ २०१३ बैसाक १८ इन्छन


No comments:

Post a Comment