Sunday, May 5, 2013

राम प्रसाद पाण्डेय को एक गजल



-----------एउटा भिन्नै खालको गजल--------------
-----अरुको सिर्जना चोरेर आफ्नो नाम राख्नेहरुको बिरुध्दमा----

चोरेर अर्काको सिर्जना नाम किन चलाउछन् कोहि यहा,
मिलाएका ती शब्दहरु देखेर मन किन जलाउछन् कोहि यहा ।।

सके आफैले लेख्नु नसके अरुको पढेर चित्त बुझाउनु पर्ने हो तर,
चोरेरै सिर्जना आफ्नो ईज्जतमा दाग किन लगादछन् कोहि यहा ।।

हेर्दैनन् आफुले आफैलाइ आफू कुन गतिमा छु भन्ने कुरा ,
चोरेरै आफ्नो स्वाभीमानको शिर किन ढलाउछन् कोहि यहा ।।

कसैले कति मिहेनत र लगनले गर्छ आफ्नो सिर्जनाको रचना ,
तर कपि गरेर देखाउदै अरुलाइ आफ्नो नाक किन फुलाउछन् कोहि यहा ।।

राम प्रसाद पाण्डेय
तम्घास गुल्मी

No comments:

Post a Comment