Friday, May 3, 2013

भुपेन पुरी को एक गजल

गजल
तिम्रो जवानीलाई फूलको डाली संग हेर्नु पर्ने भो
बजाउँदा पटटटटट बज्ने ताली संग हेर्नु पर्ने भो !!

मिठो फल बनेर फल्यौकी सबका आँखा तर्ने गरि 
सबैले टिपेर खान मिल्ने बाली संग हेर्नु पर्ने भो !!

खै किन भेना भने पछि भुतुक्कै हुन्छन रे साली
साँचै एकपटक लव गरेर साली संग हेर्नु पर्ने भो !!

माया के हो लगनशीलता के हो बुझ्नलाई पक्कै 
लाखौं फूलको स्याहार गर्ने माली संग हेर्नु पर्ने भो !!

No comments:

Post a Comment