Friday, May 17, 2013

रकआईरन गनेश को एक गजल




गजल
कहिलै छुट्ने छैन यो  हात समायौ भने
कती खुशी हुन्छौ होला मेरो साथ पायौ भने।

को हुन्छर नरुने त्यो विरहको गाथा सँग
ती री री री बासुरीमा रोदी भाका गायौ भने।

ढिडो आटो जे भए पनी  मिठो हुन्छ मलाई
खुशी सँगै खान्छु तिम्रै हातले बनायौ भने।

खुशी हुन्छु प्रिया पसिनाले यती  सकें किन्न
चौबन्दी र फरिया,  डाल  भरी  सजायौ  भने।

एकै  छाक खाएर पनी  हांशी रहन्छु बोरु
लाल बाल  बचेरा संगै, तिमी अघायै भने।

No comments:

Post a Comment