Saturday, May 18, 2013

रकआईरन गनेश को एक गजल



कानुनले निर्दोष जोखेर गयो।
गरिबले आँशु बोकेर गयो।।

 गरिबको पनी, दिन आउछ।
नेताले भासण ठोकेर गयो।।

शिक्षाले होला पलाएछ बुद्धि।
जडियाले रक्सी पोखेर गयो।।

औसधी छैन आस्पताल बन्द।
रोगीले जिब्रो टोकेर गयो।।

हेर उसले, हार्नेछ चुनाब।
पागल ले बाजी ठोकेर गयो।।

जेष्ठ ४ मै १८ इन्छन

No comments:

Post a Comment