Wednesday, May 15, 2013

रकआईरन गनेश को एक गजल


गजल :
कता बाट  आगो बल्यो पत्तै भएन।
आगो संगै सपना डढ्यो पत्तै भएन।।

मायाँ गर्थे उनीलाई अझै पनी गर्छु।
कहाँ नेर बिस्वाश घट्यो पत्तै भएन।।

दसनंग्रा खियाउदै जीउ पाल्दै थियँ।
खै कतीखेर सरीर ढल्यो पत्तै भएन।।

चट्टान पनी फेल  उसका सामु भन्थे।
कसो गरी आँशु धारा झर्यो पत्तै भएन।।

कता बाट  आगो बल्यो पत्तै भएन।
आगो संगै सपना डढ्यो पत्तै भएन।।

जेष्ठ १ २०७० मै १५ इन्छन

No comments:

Post a Comment