Tuesday, April 30, 2013

राम प्रसाद पान्डेय को एक गजल



गजल----------

ज्योतिषि लाई देखाउदै, हात सँग सोध्ने गर्छु ।
किन आउछैा समस्याको, खात सँग सोध्ने गर्छु ।।

उडिजाने पात जस्तै, हुदा खेरि जीन्दगानी
ऐलियर भुइमा झर्ने ,पात सँग सोध्ने गर्छु ।।

सधै जीवन साँझ जस्तै, बिहानी खै कहिले हुन्छ
प्रत्येक दिन उदाउने, प्रभात सँग सोध्ने गर्छु ।।

कहिले हुन्छन् जीन्दगीमा, देखीएका सपना पुरा
ओैशीको त्यो जुन नलाग्ने, रात सँग सोध्ने गर्छु।।

ज्योतिषि लाई देखाउदै, हात सँग सोध्ने गर्छु
किन आउछैा समस्याको, खात सँग सोध्ने गर्छु।।

राम प्रसाद पान्डेय
तम्घास गुल्मी

No comments:

Post a Comment