Wednesday, April 10, 2013

रकआईरन गनेश को एक गजल



मेरा सबै रहर बेच्दैछु किन्ने कोही छ?
म आफ्नै घर बेच्दैछु किन्ने कोही छ?

सबै जातियतामा मारामार गर्दै गर्दा
म भने थर बेच्दैछु किन्ने कोही छ?

भरियानै नभए पछी के काम चौतारीको 
पिपल संगै बर बेच्दैछु किन्ने कोही छ?

कलकल बग्ने पानि रगत देखे पछी
यी दोषी नजर बेच्दैछु किन्ने कोही छ? 

No comments:

Post a Comment