Tuesday, April 16, 2013

भिम रसाईली को एक गजल



>>> गजल <<<

मीठा मीठा बातमा, भुलाएर मख्ख बनाई।
बास्ना बिनाको फुल, फुलाएर मख्ख बनाई।।

सोझो मान्छे हो नै होला, भनेर स्वप्ना बुने।
पीध खोक्रो मात्र शीर, चुलाएर मख्ख बनाई।।

स्वप्नाको स्वर्णिम संसार, देखाउछु भन्दै।
फगत उजाड बस्तिमा, डुलाएर मख्ख बनाई।।

चलेकै थ्यो जिन्दगी यो, बिधवी रुप भएनी।
ब्यर्थै उनले सप्तरंग, घुलाएर मख्ख बनाई।।

कयौ थिए "बेहोशी"को, मनभित्र बस्नेहरु।
माया रुपी चक्रब्युहमा, झुलाएर मख्ख बनाई।।

"बेहोशी" भिम रसाईली
केराबारी, मोरङ
हाल, बहराईन 

No comments:

Post a Comment