skip to main |
skip to sidebar
राजु काश्यप को एक गजल
**गजल**
बन्धन सारा तोडी जानेलाई बधाई
माया मारी छोडी जानेलाई बधाई।
धनी रोजी आफैँ गरीब भन्दै मलाई
पाइला अन्तै मोडी जानेलाई बधाई।
चाहना थियो मिलनको भयो कुठारघात
कोमल दिल यो फोडी जानेलाई बधाई।
साथ अब प्रियसीको दिवासप्न बन्यो
अर्कैसंग नाता जोडी जानेलाई बधाई।
-राजु काश्यप
No comments:
Post a Comment